• १३ मंसिर २०८१, बिहिबार

गृह मन्त्रालयमा आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

blog

आन्दोलनरत चिकित्सक । फाइल तस्बिर

काठमाडौं, असोज १३ गते । आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । गृहमन्त्रालयका कर्मचारी विनोद विश्वकर्माका अनुसार आन्दोलत चिकित्सकसँग वार्ताका लागि अहिले तयारी हुँदैछ । केहीबेरमा वार्ता सुरु हुने जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो , “वार्ताका लागि  मन्त्री र आन्दोलनरत पक्षका प्रतिनिधिहरु उपस्थित हुनुहुन्छ । केहीबेरमा वार्ता सुरु हुन्छ ।”

चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन् ।