• १३ मंसिर २०८१, बिहिबार

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

blog

पुष्कर भण्डारी

डडेलधुरा, असोज १४ गते । भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भाटका अनुसार विद्युतको मेन लाइनबाट तार तानेर सुन खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर भाटको मृत्यु भएको हो ।

शनिवार साँझ करिब ६ः०० बजेको समयमा विष्ट करेन्ट लागेर बेहोस भएपछि उपचारका लागि लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।