• १९ असार २०८१, बुधबार

अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आयो

blog

तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २७ गते । सडक भासिँदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी– मुग्लिन सडक खण्डमा शुक्रबार दिउँसोबाट एकतर्फी साना सावारी साधन सञ्चालनमा ल्याइएका छन् । सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहरो काटेर, मोटरसाईकल, कार र माईक्रोबसजस्ता साना सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक राजमार्ग मूनिबाट शुक्रबार विहान ४ बजे सडक भासिएकाले यातायात अबरुद्ध भएको थियो । ‘ठूलो परिमाणमा सडक भासिएर मस्र्याङ्दी नदीमा खसेकाले जोखिम भएकाले दिउँसो ३ बजेसम्म दुवैतर्फ यातायात बन्द गरिएको थियो । 


सडकमुनिको भाग भासिएपछि सडकमाथिको भित्ताको पहरोलाई डोजरको सहायतामा काटेर साना सवारी सञ्चालनमा ल्याइएको हो । भित्तो काट्ने क्रममा सडकमाथिबाट पहिरो जान सक्ने जोखिम भएकाले अहिले एकतर्फी साना गाडी सञ्चालनमा ल्याइए पनि भित्तो खोतल्ने कार्य हाल जारी रहेको क्षेत्रीले जानकारी दिनुभयो ।