• ४ साउन २०८१, शुक्रबार

जाजरकोटमा सार्वजनिक सवारी साधनमा टाइम कार्ड

blog

टाइम कार्डबारे जानकारी गराउनुहुँदै जाजरकोटका डीएसपी सन्तोष निरौला।

जाजरकोट , जेठ २७ गते।  जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले शुक्रबारबाट यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ।

तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो। छिन्चु जाजरकोट सडकखण्डमा चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधन, खलंगादेखि कुदु हुँदै छेडाचौरसम्मका लागि टाइम कार्ड लागू गरिएको हो। 

टाइम कार्ड लागू भएपछि समय भन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कार्वाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।

टाइम काड लागू भएपछि एक अर्काबीच प्रतिस्पर्धा कम हुने भएकाले दुर्घटनासमेत कम हुने सवारी चालकको भनाइ छ।