सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, असोज १३ गते । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । नगरप्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका–२ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यव्रmममा विद्युतीय हाजिरी (ई– हाजिरी) को शुभारम्भ गर्नुभयो ।
उक्त नगरपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा शिक्षकको अनियमित रूपमा हुने उपस्थिति कम गरी गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न ई हाजिरी प्रणाली सुरुवात गरिएको हो । यस जिल्लाका १२ स्थानीय तहमध्ये मेलम्ची नगरपालिकाले विद्यालयमा ई हाजिरी प्रणाली सुरु गर्ने पहिलो स्थानीय तह बनेको छ । ई हाजिरी सुरु भएपछि शिक्षक नियमित विद्यालय आउने गरेको मेलम्ची नगर शिक्षा शाखा प्रमुख सुधीनराज ढकालले बताउनुभयो ।