झण्डै चार वर्षदेखि बन्द रहेको चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला नाका र ङुईला दुवै नाका खुल्ला भएसँगै गोरखाका उत्तरवासी खुसी भएका छन् । सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण गरिएको हो । जसले गर्दा दैनिक उपभोग्य सामग्रीहरू ल्याउन स्थानीयलाई सहज भएको छ ।
सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाउनुभएको छ ।
सांसदहरूले मुलुकको समृद्धिका निम्ति सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।
राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्ति सुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सदभाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं महानगरपालिकाले अपाङ्गता सहायक सामग्री उपलब्ध गराउनका लागि सिफारिस पठाउन सबै वडा कार्यालयमा आग्रह गरेको छ ।
विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो ।
जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।
इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचनको मिति तय नहुँदै दलका नेताको दौडधुप सुरु भएको छ ।
गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विस्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।
चाडपर्व नजिकिँदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ ।
हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाडको क्यानोइङमा शुक्रबार सेमिफाइनल चरणमा प्रवेश गर्नुभएको छ ।
हुम्लाको एक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दाउरा बेचेर अध्ययनको जोहो गर्दैआएका छन् । घरको आर्थिक अवस्था न्यून भएका कारण कापी–कलमको व्यवस्था गर्न र घरका लागि आवश्यक पर्ने खानेकुराको बन्दोबस्त गर्न विद्यार्थीले दैनिक दाउरा बेचेर बिक्री गर्नुपरेको बताउनुभएको छ ।
पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।