समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उहाँ विजयी हुनुभएको हो ।
मधेशका जिल्लामा सन्तति स्नेह एवं उत्सर्गको पवित्र पर्व जितिया सुरु भएको छ । मधेशका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी निराहार रहेर यो पर्व मनाउने परम्परा छ । व्रतालु महिलाले बिहीबार सूर्योदयपूर्व दिवङ्गत पितृको स्मरण एवं आराधना गरी घिरौँलाको पातमा चढाएको दही–चिउरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु हुन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ ।
धुलिखेल अस्पतालमा ट्रमा सेन्टर र आकस्मिक उपचार केन्द्र विस्तारका लागि जापान सरकारले दुई अर्ब ९२ करोड रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार एक कार्यक्रमबिच सचिव कृष्णहरि पुष्कर र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र कृषि तथा वन विश्वविद्यालय (एएफयु) का पदाधिकारीबिच कृषि अनुसन्धान र शिक्षाका विषयमा सहकार्य गर्ने सहमति भएको छ । अध्ययन तथा शिक्षाको क्षेत्रमा एकअर्कालाई कसरी सहयोग गर्ने, त्यसको मापदण्ड, प्रक्रियालगायतको विषयमा विस्तृत छलफल गर्न दुवै पक्षबाट तीन–तीन जना रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने सहमति भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो ।
हुम्लामा उत्पादन हुने रैथाने बालीको जिल्लास्तरीय परिकारको प्रदर्शनी गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारी रैथाने बाली संरक्षण र प्रवर्धनका लागि परिकारको प्रदर्शनी गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लामा उत्पादन हुने रैथाने बालीको परिकारको एकदिने प्रदर्शनी गरिएको बताउनुभयो । स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो । रैथाने बाली चिनो, फापर, कोदो, कागुनोको परिकार तयार पारी प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ठुलो परिमाणको सुन प्रकरणमा अनुसन्धान गर्न गठित आयोगलाई अदालतसहरको अधिकार रहेकाले अनुसन्धानमा कोही कसैको दबाब र प्रभाव नहुने जनाएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको कामकारबाहीबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध (पैठारी) तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्ने जानकारी दिनुभयो ।
बेपत्ता पारिएका व्यक्तिको खोजिबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) मा संसदीय उपसमिति तहमा सहमति जुटेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विधेयकका विवादित विषयमा सहमति जुटाएको हो तर समितिमा पेस गर्नुअघि विषयवस्तुमा अन्तिम पटक छलफल गरेर प्रतिवेदन तयार गर्ने तयारी उपसमितिले गरेको छ । उपसमिति र समिति दुवै बैठक शुक्रबार बस्दै छ ।
विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ ।
भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।
गुल्मी प्रहरी कार्यालयले निबन्ध प्रतियोगिता आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा प्रहरी दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम अन्तर्गत निबन्ध प्रतियोगिता गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि छुट्टै संवैधानिक आयोगको व्यवस्था गर्न बहिरा समुदायले माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।