ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारले बिजुलीको मिटरबक्स निःशुल्क पाउनेभएका छन् । अस्थायी आवासमा बस्दैआएका साँघुका पहिरो पीडित ६५ परिवारले मिटरबक्स निःशुल्क रूपमा पाउने भएका हुन् ।
बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई गाउँमै स्वरोजगार बनाउन मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरेको छ । स्वरोजगार बनाउन प्रत्येक जिल्लामा स्थानीय तहसँग स्वरोजगार तुल्याउनका लागि समावेश गर्ने कार्यक्रमका विषयमा परामर्श सुरु गरिएको छ ।
कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो तर सडक मार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ ।
नेपालगन्जमा दुई दिने विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा बिहीबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताउनु भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८०’ पेस गर्नु भएको छ ।
धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझेका चार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा ‘विद्युत विधेयक, २०८०’ पेस भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेस गर्नुभएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारले तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।