मकवानपुर, असोज १८ गते । बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेश सभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेश सभाका सदस्य हुनुहुन्छ । रासस