बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा फरार भएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।
सप्तरीको राजविराज–हनुमाननगर सडक खण्डमा परेको खाल्डाखुल्डीले नागरिकलाई आवतजावतमा सास्ती भएको छ । जोखिम मोलेर यात्रुहरु यात्रा गर्न बाध्य छन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले गर्मी ठाउँमा हुने तरबुजा फलाएको छ । समुद्री सतहदेखि दुई हजार छसय ५० मिटरको उचाइमा रहेको मार्फामा पहिलो पटक तरबुजा फलाउन सकिएको हो ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
वराहक्षेत्र नगरपालिकाले वराहक्षेत्र मन्दिर, औलिया बाबा मठ र सूर्यकुण्डको गुरु योजना तयार गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा रहेका धार्मिक, पौराणिक तथा पर्यटकीय महत्त्व बोकेका क्षेत्रको गुरु योजना तयार गरेको हो ।
दसैँ नजिकिएसँगै घर जानका लागि काठमाडौँको नयाँ बसपार्कको टिकट काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसेका छन् ।
एसियाड अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालका पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीको प्रतिस्पर्धा सम्पन्न भएको छ ।
राष्ट्रिय सभाका सांसदहरूले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।
पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदेबालीको रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको हो ।
अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माइधारमा भएको सवारी दुर्घटनामा परी झापा गाउँपालिका–३ सिमलवारी बस्ने २० वर्षीय भवेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।