अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माइधारमा भएको सवारी दुर्घटनामा परी झापा गाउँपालिका–३ सिमलवारी बस्ने २० वर्षीय भवेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको लेटाङ–२ पैतीसबिघेमा नेपालकै पहिलो स्वचालित बिद्युत सबस्टेसन निर्माण हुनेभएको छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती र नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख उमेशकुमार झाले संयुक्त रूपमा सब-स्टेसनको शिलान्यास गर्नुभयो ।
यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्साउने गरी यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सार्थकताका क्रममा गरिने चरणको कार्य मात्र हो ।
टर्कीका विदेशमन्त्री हकन फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गर्नुभएको छ ।
जिल्लामा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोगविहीन बनेको छ । करोडौँको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा नल्याउँदा प्रयोगविहीन भएको हो ।
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई सत्र घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।
भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ ।
चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनः निर्माण सकिएको पुरातत्त्व विभागले जनाएको छ ।
विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।
“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भन्नुभयो ।
काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ । असोज १६ गते बुधबारबाट काठमाडौंबाट उक्त नृत्यको प्रस्तुति शुभारम्भ भएको हो ।