प्रेस काउन्सिल नेपालले फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्यमा समस्या आएर वीर अस्पताल भर्ना हुनुभएका नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुग्नु भएको छ । उहाँले सचिव आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
मेरा माइती राजाहरू यसपालि तिमीहरूको गाउँको चौतारीमा मेरा गुनासाका गीतहरू गुन्जिँदैनन् है !
बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा बोल्नुहुँदै उहाँले तत्काल उद्धारसँगै पुनर्निर्माणका काम समेत अगाडी बढाउन निर्देशन दिनुभएको हो ।
अँध्यारोमा फुलेँ, अँध्यारोमा ओइलिएँ जीवनको यथार्थ अँध्यारोमै पाएँ !
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।
जल तथा मौसमविज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताउनुभयो । “मौसम विस्तारै सुधार हुँदै गएको छ ।
सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ । संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा परिवर्तन गर्ने र गुरुकुलहरू आर्थिक सङ्कटले सञ्चालन हुन नसकेपछि गुरुपुरोहितको अभाव हुन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका लागि हटाएको छ ।
नेपाल मेडिकल काउन्सिलले डाक्टर (चिकित्सक) बन्नका लागि लिखित, मौखिकका साथै प्रयोगात्मक (सिप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुमा रहेको धार्मिक वनको घैयाखोरियामा वृन्दावन निर्माण गरिएको छ । यहाँ रहेका पौराणिक चिह्न र सुन्दर ठाउँलाई जोगाइराख्न वृन्दावन निर्माण गरिएको समाजसेवी केशवराज चौलागाईंले जानकारी दिनुभयो ।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।
पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताउनुभएको छ । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।