नेपाल मेडिकल काउन्सिलले डाक्टर (चिकित्सक) बन्नका लागि लिखित, मौखिकका साथै प्रयोगात्मक (सिप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुमा रहेको धार्मिक वनको घैयाखोरियामा वृन्दावन निर्माण गरिएको छ । यहाँ रहेका पौराणिक चिह्न र सुन्दर ठाउँलाई जोगाइराख्न वृन्दावन निर्माण गरिएको समाजसेवी केशवराज चौलागाईंले जानकारी दिनुभयो ।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।
पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताउनुभएको छ । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
समाजवादी जागरण अभियान चलाउन सहरबाट गाउँ छिरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को शीर्ष नेतृत्व यति बेला स्थानीय पालिकामा पुगेको छ। स्थानीय पालिकामा पार्टीको वास्तविक अवस्था बुझ्दै पार्टीप्रति आकर्षण बढाउन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका पदाधिकारी स्थानीय पालिकामा पुग्नुभएको हो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गरी सामञ्जस्य र सद्भावपूर्ण सामाजिक एकता प्रदर्शन गर्दै आएको
नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई प्रस्तावनामा उल्लेख गरी स्वतन्त्रताको हक अन्तर्गत राजनीतिक दल खोल्न पाउने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । नेपालको संविधानको भाग २९ धारा २६९, २७०, २७१ र २७२ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन, राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज, राजनीतिक दलका रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने व्यवस्था र राजनीतिक दलसम्बन्धी अन्य व्यवस्था उल्लेख गरिएको छ । यस अनुसार समान राजनीतिक विचारधारा, दर्शन र कार्यव्रmमप्रति जनसाधारणको समर्थन र सहयोग
प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय विश्व साँघुरिँदै गएको छ । विश्वको कुनै पनि कुनामा भएको कुनै पनि घटनाबारे जानकारी अहिले सिधैँ सोही समयमा पाउन सकिन्छ । इन्टरनेटको विस्तारले गर्दा अहिले सामाजिक सञ्जाल सर्वाधिक लोकप्रिय बन्दै गएको हो । साथीभाइसँग निकट हुन, आफ्ना भावना अरूसम्म पु¥याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रूपमा पनि अहिले फेसबुक, टिकटक, ह्वाट्सएप, ट्विटर जस्ता सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण देखिएको छ । सहरदेखि ग्रामीण क्षेत्रका युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा रमाइरहेका छन् ।
पूर्वानुमान गर्न नसकिने र कुनै पनि सङ्केत वा छनक नदिई आउने भूकम्पका कारण हामीले बेलाबेलामा धेरै धनजनको क्षति बेहोर्नु परिरहेको छ । वैज्ञानिक अध्ययन अनुसन्धानबाट पनि शक्ति सञ्चित भएको देखिएको पश्चिम नेपालमा ठुला तथा महाभूकम्प नगएको सन्दर्भमा हामीले यस्ता भूकम्पको सामना गर्न के गर्न सकिन्छ वा कसरी गर्ने भन्नेतर्फ ध्यान दिनुका साथै सक्दो पूर्वतयारी गर्नु जरुरी देखिन्छ । भूकम्पीय विधामा कार्यरत वैज्ञानिकहरूको लामो समय
खालिस्तानी नेताको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबिचको कूटनीतिक तनाव उत्कर्षमा पुगेको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक सिख मन्दिरबाहिर खालिस्तानी नेता हरदीप सिंह निज्जरको गोली हानी गरिएको हत्या प्रकरणमा भारतको गुप्तचर निकाय ‘रअ’ को हात रहेको आरोप लगाउँदै क्यानडा सरकारले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेसँगै यो विवाद उत्कर्षमा पुगेको हो । क्यानडाले भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू पनि रद्द गरेको छ । त्यसको बदलामा भारतले क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ । भारतले क्यानडामा भिसा सेवा बन्द
सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौँ गाडी रोकिदा यात्रुले सास्ती भोग्नुुपरेको छ ।
कुमार भाष्करको निर्देशनमा बनेको चलचित्र ‘कौसिद’ मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँसु...’ बोलको गीत मार्मिक सुनिन्छ । गीतले सुखदुःख मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीका लागि सङ्घर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त गरिएको छ । गीतमा स्वर र सङ्गीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेख्नुभएको हो । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ । असोज २६ बाट प्रदर्शनमा आउने चलचित्रले पोस्टर रिलिजबाटै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा चलचित्रका प्रमुख कलाकार हुन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशभरमा नै पहिलो बनेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रशासन कार्यालय गुल्मी पहिलो बनेको हो ।