यही असोज २६ देखि प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ’ बोलको डान्सिङ शैलीको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपुत र अभिनेतृ वर्षा शिवाकोटी प्रस्तुत छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबिच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । आइतबार बेलुकी सो सुरु हुनुअगाडि त्यसैको निरन्तरतामा हलवरपर लामबद्ध दर्शक देखिए । निर्धारित समय अनुसार बेलुकी ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरूप ‘सा कर्णाली’ म्युजिक भिडियो गुञ्जिन सुरु भयो । दर्शकबाट चर्को स्वागतकै बिच मञ्चमा नेपथ्य टोली देखा परेपछि भने त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । एक दशकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले सङ्खुवासभाको चैनपुरका डिल्ले दमाईबाट यो गीत सङ्कलन गर्नुभएको थियो ।
हिमाली जिल्ला हुम्लामा पहाडी इलाकामा फल्ने अकबरे खुर्सानी फल्न सुरु भएको छ । पछिल्लो समय तापक्रममा आएको वृद्धिका कारण हिमालमा पनि अकबरे खुर्सानी फल्न थालेको हो । खार्पुनाथ गाउँपालिका–१ को चिसामूल गाउँका धनमल ऐडीले पहिलो पटक परीक्षणका लागि लगाएको अकबरे खुर्सानी बारीमा फलेको बताउनुभयो । उहाँले पहिलो पटक नै राम्रो फलेका कारण अब यसको व्यावसायिक खेतीतर्फ लाग्ने बताउनुभयो ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।
नेपाल टेलिकमले नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मङ्गलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
दोलखाको बिगु गाउँपालिकाबाट बरामद भएको ११ केजी पहेँलो धातु सुन भएको पुष्टि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको पहेँलो धातु काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ क्षेत्रपाटीमा परीक्षण गर्दा सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।
नेपालगन्जको अवस्था क्रमशः सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कफ्र्यु लगाएको छ । अवस्थामा सुधार आए पनि बुधबार कफ्र्यु भने हटाइएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार अपराह्न ३ बजेसम्म केही छिटपुट घटना भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कंदै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले नगरको अवस्था शान्त र सामान्य बन्दै गएको जनाउँदै कफ्र्युको पालना गर्न र घरमै बस्न आमनागरिकसँग आग्रह गरिएको बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागले आज [बिहीबार]देखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट आज थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।