नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताउनुभएको छ ।
चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनः निर्माण सकिएको पुरातत्त्व विभागले जनाएको छ ।
विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।
“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भन्नुभयो ।
काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ । असोज १६ गते बुधबारबाट काठमाडौंबाट उक्त नृत्यको प्रस्तुति शुभारम्भ भएको हो ।
विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जङ्गलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिच्नुुभएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गर्नुभएको छ ।
दैलेखको गुराँस गाउँपालिकाको न्यायिक समिति र न्यायिक समितिको गतिविधिको विषयमा छलफल र अनुगमन गरिएको छ ।
भीरकोट नगरपालिकाले नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।
दार्चुलामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।