• १२ साउन २०८१, शनिबार

राष्ट्रिय सभामा विधायनसम्बन्धी विधेयक प्रस्तुत

blog

काठमाडौँ, असोज १८ गते । राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८०’ पेस गर्नु भएको छ । 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्ने गरी स्थगन भएको छ । रासस