अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि छुट्टै संवैधानिक आयोगको व्यवस्था गर्न बहिरा समुदायले माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको छ ।
सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी हुँदाको पीडा यसरी सुनाउनुहुन्छ, “म १६ पटक सुत्केरी भएँ तर पाँच बच्चा मात्र बाँचे, यस्तै सुत्केरी हुन्या अस्पताल, डाक्टर भइदिएका भए मेरा सबै सन्तान बाँच्थे होलान् ।”
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेपालगन्जमा प्रदर्शनका क्रममा भएको तोडफोडको क्षतिपूर्ति प्रदेश सरकारले व्यहोर्ने बताउनुभएको छ ।
चाड–पर्वलाई लक्षित गर्दै बिहीबारबाट धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी सङ्घको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारले बिजुलीको मिटरबक्स निःशुल्क पाउनेभएका छन् । अस्थायी आवासमा बस्दैआएका साँघुका पहिरो पीडित ६५ परिवारले मिटरबक्स निःशुल्क रूपमा पाउने भएका हुन् ।
बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई गाउँमै स्वरोजगार बनाउन मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरेको छ । स्वरोजगार बनाउन प्रत्येक जिल्लामा स्थानीय तहसँग स्वरोजगार तुल्याउनका लागि समावेश गर्ने कार्यक्रमका विषयमा परामर्श सुरु गरिएको छ ।
कुनै समय ढोरपाटनमा सिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो तर सडक मार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ ।
नेपालगन्जमा दुई दिने विपद् जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत सामूहीकरण कार्यशाला सुरु भएको छ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा बिहीबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताउनु भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।