• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक पेस

blog

काठमाडौँ, असोज १८ गते । प्रतिनिधि सभाको आजको बैठकमा ‘विद्युत विधेयक, २०८०’ पेस भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेस गर्नुभएको हो । सो अवसरमा उहाँले विद्युत उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतमा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताउनुभयो ।

आजको बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुः ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार रहनुभएका उहाँ वि.सं.२०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो । प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते बिहान ११ बजे बस्ने छ । रासस