तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो ।
हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।
आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।
नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आज (शुक्रवार)देखि सुरु हुने भएको छ ।
लगातार परेको पानी आजबाट सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाले छ ।
“सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”
तीन महिनादेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी खुला गरिएको छ । निकुञ्जभित्रको बाटो मर्मत गरेपछि पूर्वी क्षेत्रबाट जिप सफारी खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पु
झन्डै चार वर्षदेखि बन्द चीनसँग जोडिएका उत्तरी गोरखाको रोइला र ङुइला दुवै नाका खुला भएसँगै गोरखाका उत्तरी क्षेत्रका बासिन्दा खुसी भएका छन्। सीमा प्रवेशका लागि चुमनुब्रीवासीलाई बोर्डर पास वितरण सुरु भएसँगै दैनिक उपभोग्य सामग्री ल्याउन सहज भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि चुमनुब्री गाउँपालिका–३, सिर्दिवासस्थित फिलिममा रहेको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण गर्न सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसँगै गोरखाको उत्तरी नाकाबाट सहजै रूपमा सामान आहोरदोहोर गर्न सहज भएको जानकारी दिनुभयो।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले, धौवादी, बुलिङटार ग्रामीण सडक वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ। बर्सात नरोकिएकाले सडक खुलाउन केही समय लाग्ने जनाइएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–७ र ८ को सिमानामा रहेको चर्नावती खोलामा ३३ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको सो स्थानमा सङ्घीय सरकार तथा नगरपालिकाको सहकार्यमा यो पुल निर्माण भएको हो । पुल निर्माणको काम उपभोक्ता समितिमार्फत र फलामका लट्ठालगायतका सामग्री व्यवस्थापन ठेक्कामार्फत गरिएको हो ।
अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान एक सूचना जारी गरेर बिहीबार बिहान ८ बजेबाट सोही दिन राति ८ बजेसम्म १२ घण्टाका लागि कफ्र्यु हटाएको जानकारी गराएको थियो । बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यु यथावत् रहने पनि सूचनामा जनाइएको छ ।
विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरिया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाइमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरि नाम चलेकोमा पर्छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ। धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो। सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ। बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ।
साबिकको सिसवा कटैया, बथनाहा, साँढा, सरपल्लो, मनरा, इटहर्वाकट्टी र सोनौलसमेत गरी सात वटा गाउँ विकास समिति मिलाएर मनरासिस्वा नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडा छन् ।