• ३१ वैशाख २०८२, बुधबार

झोलुङ्गे पुल निर्माण

blog

दोलखा समाचारदाता

दोलखा, असोज १९ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ र ८ को सिमानामा रहेको चर्नावती खोलामा ३३ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको सो स्थानमा सङ्घीय सरकार तथा नगरपालिकाको सहकार्यमा यो पुल निर्माण भएको हो । पुल निर्माणको काम उपभोक्ता समितिमार्फत र फलामका लट्ठालगायतका सामग्री व्यवस्थापन ठेक्कामार्फत गरिएको हो । 

पर्यटकीय स्थल हात्तीछहरा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि यो पुल निर्माण गरिएको हो । पुलको लम्बाइ ४९.१० मिटर रहेको नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । पुल निर्माण भएपछि हात्तीछहरा पुग्न करिब एक घण्टा छोटो भएको छ । 

वडा नं. ७ साखिनेबाट करिब साढे चार किलोमिटर कच्ची मोटरबाटो गएपछि पैदल हिँड्नुपर्नेमा यो पुल निर्माण भएपछि त्यहाँ पुग्न अब एक घण्टा मात्र लाग्छ । भीमेश्वर नगरपालिकाको पर्यटन प्रवर्धनका लागि सम्भाव्य पर्यटकीय स्थलमा पूर्वाधार विकास गर्न नगरपालिका स्रोतले भ्याएसम्म प्रयासरत रहेको नगर प्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो ।