• १२ साउन २०८१, शनिबार

एमाले गण्डकी प्रथम अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

blog

नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेशको यही असोज १५ गतेदेखी जारी प्रथम अधिवेशनमा बिहीबार अपराह्नदेखी नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएपछि अधिवेशनस्थल पोखरासभागृह हल बाहिर नेता कार्यकर्ताको चहलपहल । तस्बिर : कृष्ण दवाडी/रासस

काठमाडौं, असोज १८ गते । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।

बिहीबार मतदान सुरु हुनुअघि प्यानलगत नबनोस् भन्नका लागि मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नका लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताउनुभयो ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भुमिका उल्लेखनीय रहने बताउनुभयो । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।