सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा लगानी गर्नुपर्ने र गाउँ–गाउँमा साइबर शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ। प्युठानमा आयोजना गरिएको साइबरक्राइम सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सबै बिद्यालय, बिश्वबिद्यालयमा साइबर शिक्षा अनिबार्य लागू गराउनु पर्ने बताउनुभएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गर्नुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।
चाडपर्वका बेला अखाद्य वस्तुको बिक्रीवितरण रोक्नका लागि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कैलालीको धनगढी र गोदावरी नगरभित्र रहेका खाद्य उद्योग तथा गोदामहरुको अनुगमन थालेको छ ।
नेपाली काँग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठकले गठबन्धनमा भएको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शुक्रवार नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका –५ फुर्केका महावीर गोलेले गुमेको दृष्टि पुनः प्राप्त गर्नुभएको छ । तीन वर्षअघि ७२ वर्षको उमेरमा गुमेको दृष्टि गोलेले तिलगङ्गा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गर्नुभएको हो ।
देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको र कतिपय अहिले थप भएका रहेका स्थानीय पूर्वाधार विभागले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताउनुभयो ।
कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय सभाका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उहाँका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिङ्गो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।
हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।