• ४ जेठ २०८१, शुक्रबार

जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन तयारी पूरा भएको छ । साउन ७ गतेदेखि ललितपुरको गोदबरीस्थित सनराइज सभाहलमा हुने महाधिवेशनको तयारी पूरा भएको जिफन्टले जनाएको छ । 

जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठका अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने महाधिवेशनमा देशभरबाट एक हजार जना प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनमा बिभिन्न १७ राष्ट्रका ३६ जनाभन्दा धेरै मजदुर संगठनका मजदुर नेताहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।  

महाधिबेशनले नयाँ नेतृत्व चयनसँगै मजदुर हकहित र समसामयिक मुद्दामा बिशेष रणनीति तय गर्ने जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले जानकारी गराउनुभयो । 

जिफन्टले आगामी चार बर्षमा २० लाख श्रमीकहरुलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने, सरकारले तोकेको ज्याला लागू गर्न दवाव दिने, वैदेशिक रोजगारीलाई मर्यादित बनाउने लगायतका नीति अघि सारेको छ ।