कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ ।
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री शुसिला सिम्खडा जिल्ला अस्पताल स्याङ्जाका बिरामीको गुनासो सुन्नु भएको छ । डेङगुसहितका बिभिन्न रोगका बिरामीको चाप बढीरहदाँ बिरामीको अवस्था बुझ्न पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको अस्पतालमा मन्त्री सिम्खडा मन्त्रालयमा सचिब डा. बिनोदबिन्दु शर्मासहितको टोली लिएर पुग्नुभएको हो ।
सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ ।
पोखरा महानगरपालिका-२७ तालचोकदेखि वडा-३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक-२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यसँग नेपालगन्जमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उदयपुर कटारी नगरपालिका-४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।
नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।