कम्पनी रजिस्ट्रारको कार्यालयले प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्ने प्रयोजनका लागि अलग्गै डेस्क सञ्चालनमा ल्याएको छ । यस डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीको काममा एकरूपता तथा छिटोछरितो काम हुने जनाइएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका किसानको मुख्य नगदे बालीका रूपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन्। व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान अदुवाको मूल्य नपाएपछि परम्परागत तरिकाबाट सुठो बनाइरहेका छन्। गाउँमा अदुवा बिक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिएको छ। काँचो अदुवा बिक्री नभएपछि नवलपुरका किसानले सुठो बनाउन थालेका हुन्। अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन थालेको बौदीकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ। सुठो बनाउँदा एक/डेढ वर्षसम्म पनि नबिग्रिने भएकाले किसान त्यसतर्फ लागेका हुन्।
सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ। समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ। मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना, विभिन्न प्रकारका देवीदेवताका मूर्ति तथा मन्दिरहरू, मन्दिर आसपासको करिब एक सय मिटरभित्र राखिएका सयौँ घण्टाले मन्दिरमा आकर्षण थपेको छ। कालिका मन्दिरमा परेवाको बलि निषेध गरेपछि सयौँको
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार बुटवलको शिद्धेश्वरी चौरमा सुरु भएको छ ।
सुक्खायाम नलाग्दै सिन्धुपाल्चोकका दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ। वर्षौंदेखि खानेपानीको हाहाकार भएपछि दलित समुदायमा स्वास्थ्य समस्यासमेत देखा पर्ने गरेको छ। सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका मिजारटोल, नेपाली टोल, विक टोलमा वर्षौंदेखि खानेपानी र अन्य उपभोगका लागि पानीको चरम अभाव छ। उक्त स्थानमा सयभन्दा बढी घरधुरी दलित समुदायको बसोबास रहेको छ। बलेफी गाउँपालिका–५, विन्ज्यालका डेढ सय घरधुरीका दलित समुदायले वर्षौंदेखि खानेपानी उपभोग गर्न पाएका छैनन्। एक गाग्रो पानी ल्याउन पनि डेढ घण्टाभन्दा बढी समय लगाएर ल्याउनुपर्ने समस्या भोग्दै आएको उक्त स्थानकी विष्णुमाया नेपालीले पीडा सुनाउनुभयो।
आफूले दायर गरेको मुद्दामा विशेष अदालतबाट भएकोे फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले दाबी गरेको प्रतिवादी ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काको मुद्दामा विशेष अदालतले गत कात्तिक २ गते फैसला गर्दै सफाइ दिएको थियो । तीनै जनालाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।
विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।
विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ । परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो ।
चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । पुस्तकमा नेपाली चिकित्सकले भोग्नुपर्ने समस्या, भोगेका समस्या, डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीति र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।
युवा पुस्तामा ‘फेसनेबल’ तथा अरूभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको एक चिम्टी छालामा सानो प्वाल पारेर गहनालाई स्थायी रूपमा राखिन्छ । यसरी राखिएको कुनै पनि गहना सहजै फुकाल्न वा फेर्न भने सकिँदैन । काठमाडौँकी रिनी गुरुङले घाँटीमा डर्मल गराउनुभएको छ । घाँटीमा चम्किलो वस्तु देखिनु यसको विशेषता हो ।
बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ। आधुनिक कृषि प्रणालीसहितको समायोजन केन्द्र (सेन्टर अफ एक्सिलेन्ट) बनाउने उद्देश्यले बर्दिबासमा स्थापना गरिएको ‘मोडेल एग्रो भिलेज’अन्तर्गतको यो महत्वाकाङ्क्षी परियोजना हो। यसका लागि बर्दिबास–७ स्थित किसान नगरमा ‘बागवानी उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सिलेन्स फर हर्टिकल्चर) निर्माणाधीन छ।
कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आइतबार आह्वान गरिएको प्रदेश बन्दले पूर्वी नेपालको जनजीवनमा आंशिक प्रभाव परेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दले कोशी प्रदेशका अधिकांश जिल्लामा जनजीवन आंशिक प्रभावित बनेको हो।