चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्यमा रहेको बतउनुभएको छ ।
कालीकोट जिल्लाका स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा बनाएका नीति, रणनीति, कार्यविधि, संरचना, बजेट तथा क्रियाकलापको वर्तमान अवस्थासँगै दिगोपनाका लागि आगामी योजनाका बारेमा सरोकारवालासँग सिकाई आदाप्रदान गर्न थालेका छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिककर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ ।
सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो ।
चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. छ सयले बढेको छ ।
शीर्षटोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई उसैको मैदानमा १-० गोलले हरायो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनलले फुलहाममाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले फुलहामलाई उसैको मैदानमा ३-० गोलले हरायो ।
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरक्रिया गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।