त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् ।
आइतबार माओवादी पृष्ठभूमि भएका नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । प्रज्ञा भवन कमलादीमा नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् ।
‘पराक्रम बालप्रतिभा पुरस्कार’ एलिशा फुयाँल र योगेश राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि दोलखाकी इलिशा फुयाँललाई र २०७९ का लागि खोटाङका योगेश राईलाई प्रदान गरिएको हो ।
विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् ।
जिल्लाको माथागढी–६, चिलेपानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको हो ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतभित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । हाडनाता जबरजस्ती करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासतभित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् ।
गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि यस गाउँपालिकाले पहिलो चरणको बैठक सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कँवरले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो ।
बाजुराको बूढीगङ्गा नगरपालिकाले दादुरा खोप सञ्चालन कार्यक्रम सुरु गरेको छ । बूढीगङ्गा नगरपालिकाका केही वडाका बालबालिकामा दादुरा पुष्टि भएसँगै खोप सञ्चालन कार्यक्रम सुरु गरिएको हो ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।
इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिनुभएको थियो ।