• २० वैशाख २०८१, बिहिबार

टिपर दुर्घटनामा चालकको मृत्यु

blog

रेखीराम राना
पाल्पा, फागुन २८ गते ।
जिल्लाको माथागढी–६, चिलेपानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको हो । यस्तै, दुर्घटनामा परी अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

माथागढी–६ चिलेपानीस्थित गोठादीबाट पाल्पा सिमेन्टको चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर शनिबार राति दुर्घटना भएको थियो । टिपर चिल्लेपानीबाट अन्दाजी ४० मिटर तल खस्दा टिपरका चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै, दुर्घटनामा परी टिपरमा रहेका माथागडी–७ बस्ने वर्ष ५० का हुमबहादुर परियार घाइते हुनुभएको छ । घाइते परियारलाई थप उपचारका लागि तानसेन ल्याइएको छ ।