• १३ मंसिर २०८१, बिहिबार

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

पविता पौडेल 

सैनामैना, फागुन २९ गते । १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार बुटवलको शिद्धेश्वरी चौरमा सुरु भएको छ । बालबालिकाको खेलकुदमा रुचि जगाउनेु प्रतिभा प्रस्फुटन गराउने  र समग्र खेलकुद विकाश गर्ने उद्देश्यले प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश मुख्य मन्त्री लीला गिरीले अहिलेको अवस्थामा खेलकुदको महत्त्व रहेको बताउँदै उहाँले खेलकुद प्रतियोगिताले बालबालिकाले आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने मौका पाउने बताउनुभयो । 

उहाँले खेलकुद विकासका लागि आफू सदैव सहयोग गर्न तत्पर रहको बताउँदै भन्नुभयो खेलकुद विकाशका लागि कहाँ के सहयोग गर्नु पर्छ भन्नुहोस् म सधैँ सहयोगका लागि तयार छु । प्रतियोगितामा ११ गाउँपालिका र नगरपालिकाका विद्याथीहरु सहभागी भएका छन् । 

प्रतियोगितामा एथलेटिक्स तर्फ ट्रा एन्ड फिल्ड , भलिबल , कबड्डी , तेकान्वादाे , उसु र कराँते खेल खेलाइने जित्ला खेलकुद परिषदका संयोजक भूपेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो । उक्त प्रतियोगितामा छनोट भएका विद्यार्थीहरूले  प्रदेश स्तरीय प्रतियोगितामा पनि भाग लिन पाउने आयोजकले बताएका छन् ।