• १३ साउन २०८१, आइतबार

‘पाँच वर्ष एकैठाउँमा उभिन्छौँ’

blog

काठमाडौँ, फागुन २० गते ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलबीच भएको समझदारी कार्यान्वयन हुने प्रस्ट पार्नुभएको छ । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौँमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई जुनसुकै क्षति भए पनि पाँच वर्षका लागि भएको समझदारी कार्यान्वयन गरेरै छाड्ने उद्घोष गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलबीच पाँच वर्षका लागि जे समझदारी भएको छ, त्यो कार्यान्वयन हुन्छ । कुनै पनि पार्टीलाई क्षति होस्, व्यक्तिलाई क्षति होस् तर यो दलहरूको इमानदारीमाथिको प्रश्न पनि हो । पार्टीको विश्वसनीयता प्रतिष्ठामाथिको प्रश्न हो । त्यसैले हामी पाँच वर्ष एकैठाउँमा उभिन्छौँ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर मात्रै पाँचदलीय गठबन्धन ब्युँतिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पदको विषयलाई प्राथमिकता नदिई मुद्दालाई केन्द्रमा राखेकाले गठबन्धन बनेको उहाँले बताउनुभयो । 

महामन्त्री थापाले भन्नुभयो, “प्रधानमन्त्री हुने कुरा तल–माथि भए होस् तर जुन उद्देश्यले गठबन्धन बनाइयो, त्यो गठबन्धन फेरि ब्युँतिन्छ भने म जोखिम उठाउन तयार छु भन्ने कुरा प्रधानमन्त्रीले गर्न तयार नभएको भए यो अवस्था बन्दैनथ्यो । त्यसैले प्रधानमन्त्रीले मात्रै यसको उत्तर दिएर हुँदैन । यो गठबन्धन बनाएर हामी मात्रै खुसी भएर हुँदैन । तल्लो तहमा बुझाउनुपर्छ, हामीले पनि उत्तर दिन सक्नुपर्छ । हामीले पनि भन्नुपर्छ । जे सत्य हो त्यो कुरा भन्नुपर्छ ।”

पुस १० गते भएको राजनीतिक कमजोरीको जिम्मा सबैले लिनुपर्ने महामन्त्री थापाले बताउनुभयो । ठूलो पार्टीको हैसियतले बढी जिम्मेवारी कांग्रेसको हो भन्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा नै महìवको कुरा थियो र प्रधान कुरा थियो भने यो गठबन्धनमा आउनैपर्ने थिएन । माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो । एमालेको समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री हुनुहुन्थ्यो तर जे गर्न निर्वाचनअघि गठबन्धन बनाइएको थियो, त्यसैका लागि प्रचण्ड फर्किनुभयो ।”

संसद् विघटनको घटनाले पाँचदलीय गठबन्धन बनेको स्मरण गर्दै उहाँले स्वेच्छाचारी शासनलाई अनुमोदन नगर्ने र संविधानको सर्वोच्चतालाई स्थापित गर्ने भूमिकामा गठबन्धन रहने बताउनुभयो । उहाँले भन्नुभयो, “मतदानको छनोटलाई सीमित गरेर पाँच वर्ष हामी एकैठाउँ उभिन्छौँ, तपाईंहरूले रूखमा, हँसियाहथौडा वा कलममा मत हाले पनि यसको परिणाम एउटै रहन्छ भनेका हौँ । किनभने हामी पाँच वर्ष एकैठाउँ रहन्छौँ भनेर मत मागेर आएका हौँ । त्यसैले अहिले जे भएको छ, ठीक भएको छ ।” उहाँले कांग्रेस वरिष्ठ नेता एवं राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रप्रमुखको जिम्मेवारीमा निर्वाचित हुने बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधान र गणतान्त्रिक व्यवस्था रक्षाका निम्ति उभिएका दलहरू एकठाउँमा उभिएर नेता पौडेललाई राष्ट्रपति बनाउने बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनको अग्रज नेता पौडेल राष्ट्रपति निर्वाचित भएमा राष्ट्रप्रमुखको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रणाली र संविधानको रक्षार्थ उभिएका दलहरू पुनः एकैठाउँमा आउनु महìवपूर्ण राजनीतिक उपलब्धि भएको बताउनुभयो । उहाँले राष्ट्रपतिको निर्वाचनपछि पनि गठबन्धनलाई निरन्तरता दिएर राजनीतिक स्थिरता, समुन्नति र सुशासन स्थापित गर्नुपर्ने बताउनुभयो ।