नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’ मा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारले औषधी उद्योगको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले औषधीसम्बन्धी नीतिनियममा पनि नेपाली औषधीको हित गर्ने खालका नीति ल्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगको विकास, नीतिगत पैरवी, औषधी बजारलाई सुधार र प्रभावकारी रूपमा स्तरोन्नति गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले जनताको पक्षमा काम गर्ने बताउनुभयो। गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा उहाँले गण्डकी सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नुभएको हो। पाण्डेले सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताउनुभयो। नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उपलब्धि उल्ट्याउने र कांग्रेसलाई कमजोर बनाउने खेल खेल्नुभन्दा प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने समय आएको छ ।”
पाल्पाको निस्दी–७, बतासाका रामबहादुर विकले बिजुली बत्ती बाल्न १५ हजार रुपियाँ बुझाएको १६ वर्ष भयो। घरमा बिजुली बत्ती बाल्ने रहरले बङ्गुरको पाठो बेचेर उहाँले १५ हजार रुपियाँ सामुदायिक विद्युतीकरणका लागि बुझाउनुभयो। डेढ दशकपछि बल्ल विकको घरमा बिजुली बत्ती बल्यो। यसले विकसहित बतासा गाउँका सबैलाई खुसी बनाएको छ। डेढ दशकपछि गाउँमा बिजुली बल्दा गाउँ र गाउँलेको मुहारसमेत उज्यालो भएको छ। बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीका बासिन्दा लामो समयपछि बत्तकिो पहुँचमा पुगेका छन्। निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन्।
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटक बढ्दै जाँदा यहाँका होटल पनि भरिन थालेका छन्। मनाङ भ्रमणमा आउने यो उत्तम सिजन हो। असोज अन्त्यतिर आइपुग्दा मौसम अनुकूल भएकाले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८० तयार पारेको छ । आगामी १२ वर्ष अर्थात् सन् २०३५ सम्ममा हुने विद्युत्काे उत्पादन, आन्तरिक खपत, अन्तरदेशीय व्यापार, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार र वित्तीय स्रोतको अनुमान आदि विषय सो मार्गचित्रमा समेटिएको छ । साथै, मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि गरिनु पर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रियागत सुधारका उपायसहितको ८५ बुँदे कार्ययोजना पनि समावेश गरिएको छ । सो मार्गचित्रले सन् २०३५ सम्ममा विद्युत्को कुल जडित क्षमता २८ हजार पाँच सय मेगावाट, प्रतिव्यक्ति विद्युत् खपत एक हजार पाँच सय युनि
विगतमा विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मा केवल सरकारको नै हो भन्ने आमधारणा थियो । पछि यस धारणा हटेर नागरिक समाज र विशेष गरी अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई अधिकार सम्पन्न र विद्यालयको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गर्ने दृष्टिकोणबाट विद्यालय समुदाय सम्बन्ध अवधारणाको विकास हुंँदै गएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को:गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँसी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको यादले विदेशमा जति सुखसयल भए पनि मन अमिलो हुन्छ । नारायणगोपालको स्वर लहरीमा गुञ्जेको गीतमा झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ, म खेले जहाँ त्यही आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ जस्ता सुमधुर गीतका आवाजले मन चसक चसक बिझाउँछ । देश छोडेर आउने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू विजयी भएमा कार्यकालभर जुटेको एनआरएन बन्ने उहाँको भनाइ थियो । अध्यक्षको कार्यकाल २४ महिनाको हुने र सो अवधिका लागि २४ वटा कार्यक्रमको खाका बनाएको उहाँले जानकारी दिनुभयो । “त्यति मात्र होइन, प्रत्येक तीन महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु,” उहाँले भन्नुभयो ।
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
कर्णाली प्रदेशका स्थानीय तहले महिनावारीको समयमा महिला तथा किशोरीलाई ‘पर होइन घर’ राख्ने प्रतिबद्धता जनाएका छन् । मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुर्खेतमा आयोजित दुईदिने भेलामा कर्णाली प्रदेशका जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेलाले मर्यादित महिनावारी व्यवस्थापनका लागि १२ बुँदे सुर्खेत घोषणापत्रसमेत जारी गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग अझै प्रत्यक्ष जोडिइसकेको छैन । गाउँपालिकालाई राजमार्गसँग जोड्न तिला नदीमा पुल निर्माण गर्नुपर्ने वा छिमेकी शुभकालिका गाउँपालिका हुँदै सडक जोड्नु पर्छ । बिचमा तिला नदीले बार लगाएका कारण अहिले पनि महाबै गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन ।
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।