चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निः शुल्क स्वास्थ्य बिमा गरेको छ ।
नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा) मा कला कार्यशाला सुरु भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा फेरि पाटेबाघ देखिएको छ । विगतमा पनि धेरै पटक निकुञ्जबाट छिरेर गाउँपालिकामा त्रास उत्पन्न गराउँदैआएको बाघ फेरि देखिएको हो ।
शुक्रबार राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।
शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।
गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको आयोजनामा कैदीबन्दीको आँखा जाँच गरिएको हो ।
बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।
सुर्खेतको बावियौचारदेखि सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरू शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
सर्लाहीको लालबन्दीका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जली सभामा तीनवटै तहका सरकारबिच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ ।
इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ ।