प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समाजवादको आधार तयार गर्दैगर्दा केहीलाई छटपटाहट भएर वर्तमान सरकार गठबन्धन भत्काउन लागेका आरोप लगाउनुभएको छ ।
नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ ।
हिमाली जिल्ला हुम्लाका गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था विद्यमान रहेको पाइएको छ । जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था छ ।
गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को सम्पन्न १४ औँ साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ ।
सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।
गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।
सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आइतबार बिहान उहाँले शारदा नगर, जखेडी माई र दिब्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नु भएको हो ।