ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको व्याकहो लोडर (जेसीभी) प्रयोग गरेर पहिरो पन्छाएपछि साँघु सडक खुलेको हो ।
बाँकेको कोहलपुरमा बाघले स्थानीयका सात वटा खसी बाख्रा मारेको छ । बाघले कोहलपुर नगरपालिका –१३, भरैयास्थित सिराहाटोलका स्थानीयका खसी बाख्रा मारेको हो ।
खोटाङ आवतजावत गर्ने सावारी साधनहरूले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । विशेषगरी सुमोहरूले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो ।
मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि १० वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ ।
चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।
भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ ।
अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।
गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
मुग्लिङ–नारायणगढ सडक खण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनु भएको जानकारी अनुसार आइतबार बिहान करिब ७ः४५ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा बा.प्र ०२०४६प १६९२ नम्बरको स्कुटल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ ।