वैदेशिक रोजगारीमा जानु नेपालीको नियती र बाध्यता दुवै हो । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी बन्दै गएको छ । २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै गएको हो । नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ । सरकारले नेपाली कामदारका लागि विश्वका करिब ११२ देश खुला गरिसकेको भए पनि मध्यपूर्वी एसियाका खाडी मुलुकहरू जानुपर्ने
घरआँगनमा दसैँ भित्रिसकेको छ । चर्चा पनि दसैँकै छ, कहाँ घुम्न जाने, के गर्ने, अनि बिदा कसरी बिताउने ? सबैमा एउटा विषय साझा हुन्छ– खुसीयाली । मालश्रीको धुनसँगै रेडियो र टेलिभिजनहरूले पनि दसैँसँग सम्बन्धित कार्यव्रmम प्रसारण गरिरहेका छन् । प्रवासमा समेत नेपालीहरू भेला भएर ज्येष्ठ व्यक्तिबाट टीका लगाएका प्रसङ्ग हामी देख्छौँ, सुन्छौँ । दसैँको मौलिकता भनेकै भेटघाटसहितको उमङ्ग हो, पुनर्मिलन हो अनि उत्साह हो । दसैँको समयमा न जाडो न गर्मी हुन्छ । बाली हुर्कंदै गरेको हुन्छ । थन्क्याउने बेला पनि भएको हुँदैन । वातावरण पनि मनोरम हुन्छ । शरद् ऋतुले सफा आकाश र हरियालीयुक्त धर्तीसँगै सबैका मनमा उमङ्ग भरेको
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
हाल मुलुकभर विद्यालयको सङ्ख्याको अवस्था हेर्दा निकै खुसी लाग्दो छ । मुलुकभर प्राथमिक तहमा २१ हजार ८७१, निम्न माध्यमिकमा नौ हजार ६०९, माध्यमिक तहमा छ हजार ७४४ रहेका छन् । ती विद्यालयमा ३८ हजार २२४ राहत शिक्षक, उमावि अनुदानमा तीन हजार ९४१ साथै अस्थायी दरबन्दीमा प्राथमिकतर्फ नौ हजार १०६, निमावितर्फ एक हजार ९१३ र माध्यमिक एक हजार ४२ जना गरी जम्मा एक लाख २० हजार ६१० शिक्षक छन् । साथै २५ हजार ४७१ बाल विकास स
उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।
बडादसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठ धाउन थालेका छन् । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् ।
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।
नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ ।
चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सङ्घीय संसद्को माथिल्लो सदनमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेस भएको छ । विधेयक पेस भएपछि बहस सिर्जना भएको हो ।
संविधान कानुनका विषयमा सूचना पाउनु नागरिकको वैध अपेक्षा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ । निःशुल्क संविधान वितरणको माग गर्दै अधिवक्ता विकास भट्टराईद्वारा दायर रिटमा आदेश गर्दै सर्वोच्चले आफूले दिएको सुझावबारे जानकारी पाउनु सामान्य अपेक्षा भएको व्याख्या गरेको छ ।
सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो । कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।
जेरुसेलम, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भन्नुभयो, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।’’प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुराउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस, एएफपी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।
नेकपा (बिप्लव समूह) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले बझाङका भूकम्प पीडितहरु लागि जिल्ला बिपद ब्यवस्थापन समिति नगदसहित राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।