प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ।
ताप्लेजुङस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापतिमा इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ।
जापानमा रोजगार सम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टिले नेपालमा समेत शाखा स्थापना गरेको छ । जापानमा एक दशक भन्दा बढी समय बिताउनुभएका ज्ञानेन्द्र भट्टले प्लेन्टिको नेपाल शाखाको स्थापना गर्नुभएको हो ।
नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस इकाई समितिको सहआयोजनामा फागुन १६, १७ र १८ गते ह्याकाथुन कार्यक्रमको आयोजना हुने भएको छ ।
“स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ दीपक सुहाङ र महिलातर्फ राजपुरा फर्छाइ प्रथम हुनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन लगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको छ।
आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ।
सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ।
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको सम्मानित गरिएको छ।
नुवाकोटमा जारी सातौं नुवाकोट महोत्सवको अन्तिम दिन ६० केजी तौल र १० फिट लामो खुकुरी प्रर्दशन गरिँदै ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्रीले सरकारबाट राजीनामा दिने राजीनामा दिने तयारी गर्नुभएको छ ।
बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो ।