नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई पत्र पठाएको छ। आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाइएका सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई शनिबार पत्र पठाउनुभएको हो।
नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।
बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिनुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
आयोजक न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले बागमती प्रदेश न्यु डायमन्ड कप यू–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
२३ औं बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ ।
नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ।
तनहुँको व्यास नगरपालिका ३ शान्ति नगरस्थित पञ्चबहादुर रानाको घरको च्यानल गेटमा बिहीबार राती साढे १०:०० बजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरेकी छन् ।
राष्ट्रपतिमा पूर्व सभामुखद्वयको प्रतिस्पर्धा हुने भएको छ। शनिबार राष्ट्रपति पदका पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको हो।
दोस्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब झापामा जारी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा झापाले संकटा क्लबलाई १–० गोलले हरायो ।
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियपूर्ण ऋण समेत ठूला र उच्च घरानाले गरेको बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेलाई ताप्लेजुङ सरोकार केन्द्रले शनिबार सम्मान गरेको छ।