भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ ।
बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गए राति करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितङ्गा सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिवार राति चोरी भएको छ । मन्दिरबाट राजदेवी भगवानको मूर्ति सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख मूल्य बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले बताउनुभयो । उहाँले राति १२ बजे चोरी भएको जानकारी दिनुभयो ।
हजारौँ वर्षअघि पृथ्वीको कुनै सुन्दर नगरमा भेटेको थिएँ मेरी प्रेयसी । पहिलो पटक तिमीलाई देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।
नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्त्व विभागले अध्ययन थालेको छ ।
ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण चैत १७ गते हुने भएको छ । अवार्डको दोस्रो संस्करणमा ३५ विधामा अवार्ड वितरण गरिनेछ ।
इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला)ले गायक दीपक खरेल, साहित्यकार डा. राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।
कैलालीको धनगढीस्थित छ लेनको सडकमा लगाइएको तारजाली नाघेर मान्छेले बाटो काट्ने कार्यको व्यापक आलोचना भएको छ। जान्ने बुझ्ने मान्छेले त्यस्तो किसिमको लाजमर्दो हर्कत गर्न नहुने भन्दै धेरैले आलोचना गरेका हुन्। छ लेनको सडकको मेडियनमा लगाइएको बोटबिरुवा जोगाउन र जथाभावी बाटो काट्नमा रोक लगाउनका लागि