केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भीडले बसपार्कमा बेग्लै रौनक छाएको छ ।
१८औँ ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मङ्सिर १५ गतेबाट सुरु हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्लाको छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छ वटा योजना छनोट गरिएको जनाएको छ ।
बाँके जिल्ला बैजनाथ गाउँपालिका–१ मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरू रहेका छन् ।
नुवाकोटको तारुकामा हरेक वर्ष माघे सङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ ।
काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ । वि.सं.२०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ ।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ ।
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् ।
अपाङ्गता भएका शिक्षकलाई विद्यार्थीले स्कुटर उपहार दिएका छन् । जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीस्थित रैनादेवी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक थमन साठीघरेलाई विद्यार्थीहरूले स्कुटर उपहार दिएका हुन् ।
गुल्मीको तम्घासस्थान प्रचारप्रसारको अभावसँगै ओझेलमा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ अर्जुनडाँडाको फेदीमा अवस्थित उपल्लो तम्घासमा रहेको पश्चिम क्षेत्रको सबै ठुलो इतिहास बोकेको यस मन्दिरको प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।
चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरू बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजरायल–गाजा युद्धले ओझेलमा पार्नेछ ।
यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् ।
चाडपर्वमा समयमा भारतबाट फर्किने नेपालीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको छ ।