• १५ मंसिर २०८१, शनिबार

१८औँ ललित अम्बर डिपो कप मङ्सिर १५ बाट सुरु

blog

१८औँ ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप पत्रकार सम्मेलन । तस्बिर : निशा राई

निशा राई 

धरान, असोज २९ गते । १८औँ ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मङ्सिर १५ गतेबाट सुरु हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै धरान उपमहानगरपालिकाको डिपोट माध्यमिक विद्यालयको खेल मैदानमा मङ्सिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने डिपोट विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतियोगितामा १६ वटा टिम सहभागी हुने र पहिलो चरणमा पराजित टिमहरूबिच पुनः दिलकुमार प्लेट च्याम्पियन कप आयोजना हुने बताउनुभयो ।

प्रतियोगितामा कक्षा ५ सम्मका र १२ वर्षमुनिका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने व्यवस्था रहेको छ । एकै पटक ठुलो भएपछि मात्र खेल सिकेर अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न असम्भव भएकोले ग्रास लेबल देखी नै थोरै भएपनि देशको लागी धरानबाट राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पादनको लागी योगदान गर्ने उद्देश्यका साथ १२ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरिएको डिपोट विद्यालयका प्राचार्य राईले बताउनुभयो ।

ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १ सय ११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ साथै तेस्रो हुने टिमले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी, प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।