कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुन अत्यन्तै जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्नुहुँदै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन जानुभएको छ ।
ग्रामीण बस्तीका नागरिकलाई पाल्पाको रामपुर नगरपालिकाले टोलटोल मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
बेनी नगरपालिका–३ भकिम्लीकी १८ वर्षीय बिपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरूमा मारुनी नाच्नुहुन्छ । बाबु आमा र बाजेबाट सानै उमेरदेखि बिपनाले मारुनी नाच्न सिक्नुभयो ।
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।
डिजिटल प्रविधि र मिडियाबारे दुईदिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ । पत्रकारहरूले डिजिटल प्रविधिको प्रयोग, सञ्चार सामग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमूलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस– AA+’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताउनुभएको छ ।
पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिन सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन सुरु गरेको हो ।
सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पुँजीगत खर्च बढाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुनसक्ने कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो ।
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी २३ बुँदे विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।