आस्थाको पर्व विजयादशमी आइतबार घटस्थापना गरी प्रारम्भ भएको छ । जनकपुरधामलगायत तराई मधेशका विभिन्न स्थानका शक्तिपीठ तथा मन्दिरहरूमा पूजाअर्चना गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ भने बडादसैँको रमझम सुरु भएको छ ।
महान्यायाधिवक्ता डा. दीनमणि पोख्रेलले आफ्नो पहिचान बनाउनका लागि भूमिका बढाउन सरकारी वकिललाई सुझाव दिनुभएको छ। उहाँले जनताले सरकारी वकिल भनेर चिन्ने गरी सेवाका क्षेत्रमा भूमिका बढाउनुपर्ने बताउनुभयो। उहाँले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै पछिल्लो समय सरकारी वकिललाई अवसरका साथै चुनौती पनि थप भएको बताउनुभयो।
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेशस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयसहित सबै जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रतिवेदनले आयुर्वेदिक उपचार सेवाप्रति आकर्षण बढ्दै गएको देखाएको हो । दीर्घरोगी, ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचार पद्धतिलाई रुचाउने गरेको जनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०७९/८० मा छ हजार ७४४ जनाले सेवा लिएका छन् । तीन हजार ६३२ जनाले एकाङ्ग संवेदन, १४ जनाले सर्वाङ्ग संवेदन, १५६ जना शिरोधारा तथा अन्य र दुई हजार ९४२ जनाले अभयङ्ग सेवा लिएको चिकित्सालयका निमित्त सुपरिन्टेन्डेन्ट डा. सूर्य उपाध्यायले जानकारी दिनुभयो ।
पाल्पाको रामपुरमा भएको ज्योति पुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि न्यु यूथ युनियन क्लब तानसेन पाल्पाले हात पार्न सफल भएको छ । रामपुर नगरपालिका–७, किसान बारी भएको फाइनल खेलमा आयोजक रामपुर ज्योति पुञ्ज (सेतो)लाई १÷० गोलले हराउँदै न्यु यूथ युनियन च्याम्पियन बनेको हो ।
गाउँको प्रसूति केन्द्र एक वर्षदेखि बन्द हुँदा भारतसँग सीमा जोडिएको पञ्चेश्वरको विनायक गाउँका महिला अस्पताल पुग्न नपाई बिचबाटोमै बच्चा जन्माउन बाध्य छन्। प्रसूति बेथा लागेका महिलालाई भारतीय अस्पतालनजिक पर्ने भए पनि भारतीय सीमा सुरक्षा बलले महाकाली नदीको विनायकघाटमा नियमित डुङ्गा चल्न नदिँदा यस्तो समस्या भोग्न बाध्य हुने गरेका छन्। भारतसँग सीमा जोडिएको पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँमा ११२ घरधुरी रहेका छन्। गाउँमा स्वास्थ्य संस्थाको माग राख्दै स्थानीयले दुई रोपनी जग्गा दान गरेपछि गाउँपालिकाले छ लाख रुपियाँ खर्च गरेर दुई वर्षअघि प्रसूति केन्द्र स्थापना गरेको थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बस्ने नेपालीसँग साझेदारीमा विकास निर्माणका काम गर्न गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको जलजला गाउँपालिका–३, मल्लाजमा उद्घाटन गर्दै उहाँले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरूसँग सहकार्यमा परियोजना सञ्चालन गर्न आह्वान गर्नुभयो।
बाबुआमा नभएका अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिएको छ। विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी माथागढी गाउँपालिकाले लिएको हो ।
दसैँतिहार नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दसैँतिहार मनाउन सयौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा अहिले नेपाल फर्किरहेकाले सिमानामा निकै चहलपहल र भिड बढेको सिमानास्थित जमुनाहा प्रहरीले जनाएको छ । दसैँ आउन केही दिन मात्र बाँकी रहेको अवस्थामा अहिले दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म नेपाली भारतबाट घर फर्किन सिमानामा पुगिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई मिनबहादुर विष्टले जानकारी दिनुभयो।
सङ्खुवासभाको खाँदबारी बजारमा भेडाको उन (रौँ) बाट हातले बुनिएको राडि पाखी विक्री गर्दै स्थानीय गुरुङ समुदायका महिलाहरू । अझै पनि यस जिल्लामा भेडा पालन र राडिपाखी बुन्ने चलन कायमै छ । चरण क्षेत्रको अभावले भेडा पालन लोप हुँदै गएपछि उन नपाएर राडिपाखी बनाउन छाडिँदै गएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
संविधानको धारा १६८ (५) अनुसार कोशी प्रदेश सरकार गठन भएको छ । आफू निर्वाचित भएको पार्टी नेपाली कांग्रेस र सङ्घीय सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन वा सहमति विपरीत नेपाल कम्युनिस्ट पार्टी (एमाले)को समर्थनमा प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षर जुटाएर सांसद केदार कार्की मुख्यमन्त्री बन्न सफल हुनुभयो । यो परिस्थिति
कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
वैदेशिक रोजगारीमा जानु नेपालीको नियती र बाध्यता दुवै हो । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी बन्दै गएको छ । २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै गएको हो । नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ । सरकारले नेपाली कामदारका लागि विश्वका करिब ११२ देश खुला गरिसकेको भए पनि मध्यपूर्वी एसियाका खाडी मुलुकहरू जानुपर्ने
घरआँगनमा दसैँ भित्रिसकेको छ । चर्चा पनि दसैँकै छ, कहाँ घुम्न जाने, के गर्ने, अनि बिदा कसरी बिताउने ? सबैमा एउटा विषय साझा हुन्छ– खुसीयाली । मालश्रीको धुनसँगै रेडियो र टेलिभिजनहरूले पनि दसैँसँग सम्बन्धित कार्यव्रmम प्रसारण गरिरहेका छन् । प्रवासमा समेत नेपालीहरू भेला भएर ज्येष्ठ व्यक्तिबाट टीका लगाएका प्रसङ्ग हामी देख्छौँ, सुन्छौँ । दसैँको मौलिकता भनेकै भेटघाटसहितको उमङ्ग हो, पुनर्मिलन हो अनि उत्साह हो । दसैँको समयमा न जाडो न गर्मी हुन्छ । बाली हुर्कंदै गरेको हुन्छ । थन्क्याउने बेला पनि भएको हुँदैन । वातावरण पनि मनोरम हुन्छ । शरद् ऋतुले सफा आकाश र हरियालीयुक्त धर्तीसँगै सबैका मनमा उमङ्ग भरेको