अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दैगएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताउनुभएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ ।
पश्चिमी वायुको प्रभावका कारण नेपालमा पुनः पानी पर्न थालेको छ । हिजोबाट मनसुन बाहिरीए पनि पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ पछि एकल बहुमतको सरकार बन्ने दावी गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।
नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
करिब ४० वर्षयता बन्द भएको भारतीय रुपियाँ सटहीको काम पुनः सुरु भएपछि इलामको पशुपतिनगर क्षेत्रका स्थानीय खुशी भएका छन् । यसअघि भारतीय रुपियाँ साटेर नेपाली रुपियाँ बनाउन नपाउँदा पूर्वी सीमावत्र्ती क्षेत्रका नागरिकले समस्या झेल्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिल्लास्थित राजनीतिक दलका नेता, पत्रकार र सद्भाव समितिसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुग्नु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा लगायत सम्बन्धित संस्थाबिच बाहिरबाट काठमाडौँ फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँच जना नेपालीको शवको प्रमाणिकरणको काम सुरु भएको र सकिने वित्तिकै नेपाल ल्याइने बताउनुभएको छ ।