जिल्लामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउनुभयो ।
झिमरुक गाउँपालिका–६ स्थित अर्गेली र सिमलचौरमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले स्थानीयलाई आवतजावत गर्न सजिलो भएको छ ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली रहेको बताउनुभएको छ । मङ्गलबार गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवम् ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ ।
कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढेका छन् । नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरजस्ता एपले दर्शक पाएनन् ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ का एक युवा तिलानदीमा बेपत्ता भएका छन् । दसैँ मनाउन घर जाने क्रममा भैंसीगौडास्थित तिलानदीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका हुन् ।
साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक चित्तरञ्जन नेपालीको सोमबार साँझ निधन भएका छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । चित्तरञ्जनको असली नाम नारायणप्रसाद राजभण्डारी हो ।
निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ ।
सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताउनुभएको छ ।
महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो ।
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।