मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायसँग मङ्गलबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपाल, युएई र हङकङ सहभागी त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला बुधबार सुरु हुँदैछ । विश्वकप टी २० छनोटको तयारीअनुरूप हुन लागेको यस प्रतियोगितामा समर्थकले नेपालबाट उपाधि घटीको अपेक्षा गरेको छैन ।
स्तन तथा पाठेघर मुखको क्यान्सर न्यूनीकरणका लागि क्यान्सर परीक्षणमा तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।
अग्नि हिंसापीडित नेपाल (विभिएस)ले कान्ति बाल अस्पताललाई आइसियु बर्न वार्ड स्थापनाका लागि आवश्यक विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ । आज (मंगलबार) एक औपचारिक कार्यक्रमकाबिच अस्पतालका निर्देशक डा.पङ्कज रायलाई विभिएसले १९ वटा उपकरणहरू हस्तान्तरण गरेको हो ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
राष्ट्रिय सञ्चार माध्यमले जातीय भेदभाव तथा छुवाछुतका घटनाको उठान गर्ने गरे पनि त्यसको समाधानका लागि पनि ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
आतङ्कवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाः का रूपमा मनाउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गर्नुभएको छ ।
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।
तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।