म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।
खसीबोका बिक्री गरेर पाल्पाको तीन वडाका तीन सहकारीले वार्षिक तीन करोड रुपियाँ आम्दानी गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका–१, २ र ३ मा रहेका सहकारीले एक वर्षको अवधिमा तीन करोडको खसीबोका बिक्री गरेका हुन् । महिलाले नेतृत्व गरेको सहकारीबाट गत वर्ष दुई करोड २९ लाखको खसीबोका बिक्री भएको रम्भा गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटको उपहार सामाजिक उद्यमी महिला सहकारीले एक करोड ८० लाख रुपियाँको खसीबोका बिक्री गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिनुभयो ।
तरकारी तथा फलफूल उत्पादनको भण्डार मानिएको बाजुराको बडीमालिका–७ का किसानले एकै सिजनमा २२ लाख मूल्यबराबरको बन्दा उत्पादन गरेका छन् । वडा नम्बर–७ कोे जिल्ली, रजातोली र ढम्कनेलगायतका गाउँबस्तीमा यति मूल्यको बन्दा उत्पादन भएको कृषक खडकबहादुर धामीले बताउनुभयो। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्राङ्गारिक मिसन कार्यक्रम अन्तर्गत माटो परीक्षण, प्राङ्गारिक मलको प्रयोग गरी माटो सुहाउँदो खेती गर्दा एकै वडामा यति ठुलो मात्रामा तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आत्मनिर्भरता कम गर्नका लागि खेती किसानी मैत्री शिक्षा आवश्यक भएको बताउनु भएको छ । कृषि प्राविधिकहरूमा सैद्धान्तिक ज्ञान भए पनि व्यवहारिक ज्ञानको कमीका कारण अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।
बैतडी जिल्लाको दक्षिणपश्चिम भेगमा पर्ने पञ्चेश्वर गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका र दक्षिणमा शिवनाथ गाउँपालिका रहेका छन् । स्थानीय तहको पुनर्संरचनापछि छ वटा वडामा विभाजित यस गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७६६ रहेको छ । क्षेत्रफलका आधारमा १२०.४१ वर्गकिलोमिटरमा फैलिएको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्छ । यद्यपि गाउँपालि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १६८(५) अनुसार ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्नु भएका मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँच दिनभित्रै विश्वासको मत लिन लाग्नुभएको हो ।
नेपालीको महान् पर्व बडादसैँको रमझम बजार र आवागमन क्षेत्रमा देखिँदै छ । बजारमा भिडभाड छ, सार्वजनिक यातायातका साधनमा यात्रुको चाप छ । घटस्थापनायता काठमाडौँबाट दुई लाख हाराहारीमा मानिस गाउँघरतर्फ लागिसकेका छन् तर तिनले घरपरिवारमा लैँजाने कोसेलीपात किन्न बजारमा जाँदा खल्ती टक्टकिएको छ । खाद्यवस्तु तथा लत्ताकपडाको अचाक्ली मूल्य वृद्धिले दसैँको उमङ्गमा चिसोपानी छम्केको छ । जस्तै महँगी भए पनि मिठै खाने राम्रै लगाउने पर्व चलाउन उपभोक्ताह
दशकौँदेखि हाम्रो मूल ध्येय विकास भए पनि यो प्रभावकारी र परिणाममुखी हुन नसक्नुमा एक मुख्य कारण कर्मचारीतन्त्रको सही व्यवस्थापन र परिचालन हुन नसक्नु रहेको छ । विकास एक बहुआयामिक र जटिल प्रक्रिया हो । यसको प्रभावकारिता पनि धेरै तìवमा निर्भर रहेको हुन्छ । त्यसमध्ये एक प्रमुख तत्व कर्मचारीतन्त्र हो । त्यसैले परम्परागत सार्वजनिक प्रशासनले विकास बुझ्न र हाँक्न नसक्ने हुनाले परम्परागत कर्मचारीतन्त्रको ठाउँमा विकासको प्रभावकारी व्यवस्थापनका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गर्नुभएको छ । मुस्ताङ पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीयबासीहरुसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
दसैँ मिठो खाने, राम्रो लगाउने चाडका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैँ मासुसँग जोडिएको चाड पनि हो । वर्षभरिको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैँँ तिहार र छठले ओगट्छ भन्ने अनुमान गरिएको छ । पाँच वर्षपहिलेको तथ्याङ्कमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत भन्नाले १२ खर्ब रुपियाँ जस्मा नगदविहीन २५ प्रतिशत अर्थात् तीन खर्ब हाराहारी यिनै चाडपर्वमा खर्च हुने अनुमान गरिन्छ । असोज–कात्तिक महिना वातावरणीय हिसाबले
समावेशीकरणको दिशामा एउटा फडरको: गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
१. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? विसं २०८० असोज ३० – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको ।
सामाजिक समावेशीकरण, समस्या र उपाय १. सामाजिक समावेशीकरण भनेको के हो ? नेपालमा सामाजिक समावेशीकरण सुनिश्चित गर्न देखिएका समस्या पहिचान गरी समाधानका उपायहरू उल्लेख गर्नुहोस् । उपलब्ध स्रोतसाधन, अवसर र अधिकारमाथि समाजका सबै वर्ग, क्षेत्र वा समुदायका मानिसको समान पहुँच र नियन्त्रण सुनिश्चित गराउने प्रक्रिया नै सामाजिक समावेशीकरण हो । बहिष्क