देशकै दोस्रो ठुलो सबस्टेसन इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन तयार भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
घटस्थापना सुरुसँगै पूर्वी नेपालका शक्तिपीठ तथा देवी मन्दिरमा भएको रौनकता छाएको छ । नवरात्रको अवधिमा कोशी प्रदेशका विभिन्न स्थानमा रहेका प्रसिद्ध तथा ऐतिहासिक शक्तिपीठमा भक्तजनको विशेष घुइँचो लाग्छ । शक्तिपीठको घटस्थापनाको दिन जमरा राखेर पूजापाठ गर्नुका साथै नवरात्रको अवधिभर बलिसहित पूजाआजा गरिन्छ ।
जाजरकोटको भेरी नगरपालिका–१ पिपे स्थित खेतमा पाक्न लागेको धानबाली ।
रेडियोकर्मी विजन दवाडीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० बाट उहाँलाई सम्मानित गरिएको हो ।
जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफैँ बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस बनाएर गरिने प्रसूति सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमनागरिकलाई दुःख परेका बेलामा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी भएकाले यस सङ्गठको विशेष महत्व रहेको बताउनुभएको छ । आमनागरिकका हरेक सरोकार र समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको हो ।
नवरात्रको चौँथो दिन दसँैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्गका समस्या समाधान गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसको बोर्डको ५६ औँ बैठकले सङ्खुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्ग छ्याङकुटी–दिदिङ (२४ किमी) सडकखण्डको समस्या समाधान गर्न उक्त निर्णय गरेको हो । सो सडकखण्डको मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प छ ।
टीकापुर अस्पतालले केही समयअघि बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, इएनटी, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, फिजिसियन एक/एक जना र पाँच जना मेडिकल अधिकृत गरी ११ जना भर्नाका लागि आवेदन माग्यो । रेडियोलोजिस्ट, फिजिसियन र मेडिकल अधिकृतमा एक/एक जनाको आवेदन प¥यो । तीनै जना छनोट पनि भए तर छनोट भएका रेडियोलोजिस्टले टीकापुरकै निजी अस्पताल रोज्नुभयो र सरकारी अस्पतालमा सम्झौता गर्न आउनुभएन । ११ जनाका लागि खुलेको विज्ञापनबाट दुई जना मात्रै चिकित्सक सम्पर्कमा आए । २५ शय्याको स्वीकृति पाएको टीकापुर अस्पतालमा ७५ शय्या सञ्चालनमा छ तर दरबन्दी २५ शय्या बराबर पनि छैन ।
यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो वर्षको मनसुन आइतबारदेखि नेपालबाट बाहिरिएको थियो । मनसुन अवधिमा बाढीपहिरो, भीषण वर्षा, चट्याङसहितको विपत्मा परेर १६८ जना घाइते भएका छन् । त्यस्तै अझै ३० जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी पहिरोमा परेर ४५ जनाको ज्यान गएको बताउनुभयो ।
मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बदलिँदो अवस्थाअनुसार सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई अब्बलसँगै प्रहरीमा रूपान्तरण आवश्यकभएको बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।