• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड नियमित स्वास्थ्य जाँचका लागि नर्भिकमा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, असोज ३० गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उहाँ नियमित स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट फर्कनुहुनेछ । शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यू नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको हो । स्वास्थ्य जाँचपछि आज नै अस्पतालबाट बालुवाटार फर्किनुहुन्छ ।”