रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
हिन्दुहरुको महान चाड दसैं सुरु भएसँगै जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाबाट झण्डै चार करोड रुपियाँ मुल्य बरावरका भेडा बिक्रीका लागि पोखरा लगिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनतालाई शान्ति सुरक्षाको अनुभूति हुनेगरी कामकाज गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।
इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।
आफ्ना नेताको बिनासर्त रिहाइको माग राख्दै प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिले मङ्गलबारदेखि गरेको धनकुटा बन्द खुलेको छ ।
कालीकोट जिल्लाका लेकाली क्षेत्रमा पानीसँगै हिमपात भएको छ । तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका लगायतका लेकाली क्षेत्रमा पानी परेसँगै हिमपात भएको हो ।
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित भएका छन् । मङ्गलबार ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीहरुलाई सम्मान गरिएको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको बताउनुभएको छ ।