कविराज घिमिरे
धनकुटा, असोज ३० गते । आफ्ना नेताको बिनासर्त रिहाइको माग राख्दै प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिले मङ्गलबारदेखि गरेको धनकुटा बन्द खुलेको छ । पक्राउ परेका नेता तथा कार्यकर्ता बिनासर्त छाड्ने प्रक्रियामा जाने सहमति भएसँगै बन्द खुलेको सङ्घर्ष समितिका धनकुटा फोनिज कोशी प्रदेश संयोजक सन्तवीर लामाले जानकारी दिनुभयो । तर प्रशासनले नछाडेमा पुनः बन्द गरिने जनाइएको छ ।
यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने बन्दकर्तासँग संस्थागतरुपमा कुनै वार्ता छलफल नै नभएको बताउनुभयो । व्यक्तिगत रुपमा बन्द नगर्न आग्रह गरिएको र सोही आग्रह स्वीकार गरी बन्द खुलाएको हुन सक्ने उहाँको भनाइ छ ।
पहिचानवादीले
भने पक्राउ परेका कार्यकर्ता रिहाइ नगरे ३० गतेबाट धनकुटा छिर्ने नाका
बन्द गर्ने घोषणा गरेकाे थियो । सोही अनुरुप आज बिहानैबाट धनकुटा बन्द गरेका
थिए । जसका कारण धनकुटाको जनजीवन प्रभावित भएको थियो । बन्दका कारण दसैँ मनाउन हिँडेका हजारौं यात्रु धनकुटाको भेडेटार र फोक्लेन टापुमा सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका थिए ।